दफा १८
सार्वजनिक बाटो इत्यादिमा सवारी वा यात्रीहरूको व्यवस्था
प्रहरी कर्मचारीकोदेहाय बमोजिमको कर्तव्य हुन्छ :
(क) सार्वजनिक बाटोमा यातायातको व्यवस्था र नियन्त्रण गर्ने र त्यहाँ यातायातको रोकावट हुन नदिने र सार्वजनिक बाटो वा त्यसको वरिपरि
जनताले पालन गर्नाको निमित्त यो ऐन वा प्रचलित कानुन अन्तर्गतबनेका नियम र आदेश मिच्न नदिने ।
(ख) सार्वजनिक बाटोमा र सबैले नुहाउने, लुगा धुने ठाउँ, घाट, हवाई अड्डा,रेलको स्टेशन, मेला लाग्ने ठाउँ, देवालय र अरू सार्वजनिक स्थानमा तथा सबैले पूजा गर्ने ठाउँ वा त्यसको वरिपरि पूजा गर्न लागेको बेलामा शान्ति कायम राख्ने ।
(ग) सबैले नुहाउने, लुगा धुने ठाउँ, घाट र हवाई अड्डा, रेल्वे स्टेशनमा व्यवस्था राख्ने र त्यस्ता ठाउँमा र सर्वसाधारणलाई तारने डुङ्गामा घुइचो
हुन नदिन तथा त्यस्तो स्थान वा डुङ्गामा सर्वसाधारणले पालन गर्नाकोनिमित्त यो ऐन र प्रचलित अन्य ऐन अन्तर्गत बनेका नियम र आदेश ….. मिच्न नदिने ।